अवैध लागूऔषधसहित एक जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Feb 06 | 05:53 pm 1737

काठमाडौं, माघ २३ : अवैध रुपमा ल्याउँदै गरेको प्रतिबन्धित लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बु सल्लेरी घर भएका २० वर्षीय छिरिङ शेर्पा रहेका छन् ।

उनलाई आज बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । चन्द्रागिरी नगरपालिका नागढुंगा चेकपोष्टमा चेकजाँच गर्दा अवैध लागूऔषध नाईट्राभेट ७ सय ५० एम्पुलसहित पक्राउ गरिएको प्रहरीले जानकारी दिए ।

जनकपुरबाट काठमाडौं आउँदै गरेको ना ८ ख १८०८ नम्बरको बस चेकजाँच गर्ने क्रममा बसमा सवार शेर्पालाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.