सिरहा, साउन ८ः प्रहरीले अवैध लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गोलबजार नगरपालिका १ बस्ने अरुण कुमार पुर्वे रहेका छन् ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यलय गोलबजार सिरहाबाट खटिएको प्रहरी टोलीले आफ्नै घरमा बिक्री बितरणको लागि लुकाई छिपाई राखेको अवस्थामा उक्त लागू औषध बरामद गरेको हो ।
प्रहरीले लागूऔषध ब्राउन सुगर १ ग्राम ३ सय मिलिग्राम र लागूऔषध गाँजा प्लाष्टिकको पोकामा ५५ ग्राम १ सय ४० मिलिग्राम सहित पुर्वेलाई नियन्त्रणमा लिई कारवाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।