अवैध लागूऔषधसहित एक जना पक्राउ

| 2020 Jun 08 | 09:14 pm 1748

सप्तरी, जेठ २६ः बिष्णुपुर गाउँपालिका-१ खुरुरियाबाट प्रहरीले अवैध लागूऔषधसहित एक जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा हनुमाननगर कंकालिनी नगरपालिका-१ भारदका २२ वर्षीय अनिल कुमार मण्डल रहेका छन् ।

उनलाई नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिभन ३ हजार १ सय ६८ थान र डाईलेक्स डिसी २८ थान सहित सोमबार प्रहरीले पक्राउ गरेको हाे ।

जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले बा.६७ प ४८५३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक मण्डललाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.