अवैध लागूऔषधसहित एक जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Feb 18 | 09:39 pm 1688

काठमाडौं, फागुन‍ ६ : अवैध लागूऔषधसहित प्रहरीले एक जनालाई चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही कविलासी–२ घर भएका २३ वर्षीय राजेशकुमार गुप्ता रहेका छन् । उनलाई प्रतिबन्धित लागूऔषध नाईट्राभेट ७ सय ५७ ट्याब्लेट सहित आज सोमबार बिहान पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको ना.७ ख ६५९९ नम्बरको बसलाई चेकजाँच गर्दा ज्याकेटभित्र लुकाईछिपाई ल्याएको अवस्थामा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.