उदयपुर, मंसिर ३०ः अवैध लागूऔषधसहित एक युवकलाई सोमबार प्रहरीले पक्राउ परेको छ । पक्राउ पर्नेमा बेलका नगरपालिका ३ का १९ वर्षिय कौशल माझी रहेका छन् ।
बेलका नगरपालिका ५ मा लागूऔषधको कारोबार भईरहेको गोप्य सूचनाका आधारमा इलका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएकाे प्रहरी टोलीले उनको साथबाट १० ट्याब्लेट नाईट्राभेट सहित पक्राउ गरेको इन्चार्ज हरि खड्काले जानकारी दिए ।
पक्राउ परेको माझीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।