तनहुँ, फागुन २६ : अवैध लागूऔषधसहित व्यास नगरपालिका वडा नम्बर–१२ बाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा सिम्रेनगढ नगरपालिका वडा नम्बर–९ का २१ वर्षीय रेयाज खाँ पैठान रहेका छन् ।
उनको साथबाट NOOPHIN लेखेको तरल पदार्थ सहितको शिशी १५ थान, BUPRENORPHINE को शिशी १० थान,PHENERGAN लेखेको 2ML को शिशी २५थान, DIAZEPAM INJECTION DIAZELAB को शिशी १५ थान, DIAZEPAM INJECTION LORI शिशी १० थान र NITRAZEPAM को पत्ता ५ वटा पत्तामा रहेको १५० वटा चक्की लागू औषध फेला परेकोले पक्राउ गरेको हो ।
उनलाई रौतहटबाट पोखरा तर्फ जादै गरेको ना ४ ख ९८३१ नम्बरको बस चेकजाँ गर्दा उक्त लागूऔषधसहित पक्राउ परेको हो ।
उक्त लागु औषध कानुनी रितपुर्वक बरामद गरीएको हुँदा रेयाज खाँ पैठानलाई पक्राउ गरी लागु औषध मुद्धामा आजै अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको बुझिएको छ ।