अवैध लागुऔषधसहित दुई परे प्रहरीको फन्दामा

रिपोर्ट नेपाल | 2018 Nov 26 | 12:39 pm 1668

चितवन, मंसिर १०  : भरतपुर महानगरपालिका वडा नम्बर–२ बाट प्रहरीले अवैध लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा २५ वर्षीय केशव घले र २४ वर्षीय विशाल घले रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले उनीहरुको साथबाट लागुऔषध र कारोवारबाट सङ्कलित रकम बरामद गरिएको आज सोमबार एक विज्ञप्ति मार्फत जनाएको छ ।

विज्ञप्ति अनुसार उनीहरूको साथबाट २ सय ७१ एम्पुलका दरले डाइजेपाम, ब्युप्रिनर्फिन र फेनारगन बरामद गरिएको त्यसैगरी पाँच लाख ८० हजार १ सय ८० नगदसमेत बरामद गरिएको उल्लेख छ ।

चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार उनीहरूलाई मंसिर ७ गते साँझ नियन्त्रणमा लिइएको बताए । उनीहरूले भैरहवाको नाका हुँदै भारतको सुनौली गई लागुऔषध खरीद गरी ल्याई बिक्री गर्ने गरेको र बरामद भएको नगद, लागुऔषध बिक्री गरी आर्जन गरेको स्वीकार गरेको रेग्मीले जनाए ।

पक्राउ परेका दुवैलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कार्यालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.