अवैध लागु औषधसहित एक पक्राउ

रिपोर्ट नेपाल | 2018 Sep 19 | 11:55 am 2131

वीरञ्ज, असोज ३:  अवैध रुपमा भारतबाट लुकाइछिपाइ नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल भन्सार सुरक्षा गुल्म वीरगञ्जले आज बुधबार बिहान लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका–२ देवीस्थान बस्ने ३८ वर्षीय दीपक कुँवर रहेका छन् । उनले भारतबाट नेपाल आउँदा झोलामा लुकाई ल्याएको अवस्थामा मोलिन २५ थान, वाइजा ल्याप २५ थान तथा फेनालगन २५ थानसहित पक्राउ परेका छन् ।

कुँवरलाई लागुऔषधसहित आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी नायब उपरीक्षक तिलक खड्काले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.