सप्तरी, कात्तिक ६ : जिल्लाको राजबिराज नगरपालिका ६ शान्तिनगर बस्ने ३३ वर्षीय दिपेन्द्रलाल दासलाई घरमा अवैध रुपमा भण्डार गरी राखेको करिब १ लाख रुपैयाँ बराबरको कुर्ता सुरुवाल र स्विटर तथा करिब १ लाख ५० हजार रुपैयाँ बराबरको पटाका सहित प्रहीले उनलाई पक्राउ गरेको छ ।
यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।