रौतहट, जेठ २६ः ईशनाथ नगरपालिका-१ हनुमान मंदिर नजिकैबाट ना.२ त ६११ नम्बरको ट्याक्टर चालक गौर नगरपालिका-७ का ४६ वर्षीय शेख मिफलाई अवैध रुपमा निकासी गर्न लागेको ८० बोरा सेतो मटर (केराउ) सहित प्रहरीले पक्राउ गरेको छ ।
२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरीले गौरबाट मठियातर्फ जाँदै गरेको सो ट्याक्टरलाई जाँच गर्ने क्रममा उक्त केराउ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएकाे छ ।