अवैध रुपमा चोरी निकासी गरेको मदिरा बरामद

रिपोर्ट नेपाल | 2018 Sep 23 | 02:36 pm 3852

हुम्ला, असोज ७ : जिल्लाको सिमकोट गाउँपालिकाअन्तर्गत डेहे प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले बरामद गरेको छ । चीनको सीमा क्षेत्रमा पर्ने बैजिबाडा गाउँबाट झाडीमा लुकाइराखिएको ३० बोरामा ६० कार्टुन चिनियाँ मदिरा आज आइतबार प्रहरीले बरामद गरेको हो ।

छिमेकी राष्ट्र चीनसँग सिमाना जोडिएका नाकाबाट अवैध रुपमा चिनियाँ मदिरा जिल्लामा भित्रिएको सूचना आउन थालेपछि जिल्ला प्रहरी कार्यालय हुम्लाले चीनसँग जोडिएका नाकालाई सुरक्षामा थप कडाइ गरिएको जिल्ला प्रहरीका कार्यालयका प्रहरी निरीक्षक गजेन्द्र बोगटीले बताए ।

जिल्लामा भित्रिने चिनियाँ मदिरामा कडाइ गरिए पनि हुम्लाका विभिन्न चोर बाटोबाट झिँनी आउने गरेको र यसलाई विस्तारै नियन्त्रणमा लिएको प्रहरी निरीक्षक बोगटीले जानकारी दिए ।

उक्त स्थानबाट बरामद गरिएको मदिरा कोलेनिका, जिल्ला प्रशासन कार्यालय र जिल्लाका सञ्चारकर्मीको उपस्थितिमा सो मदिरा नष्ट गरिने बताका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.