अवैध रुपमा आफै उम्रेका गाँजा फडानी

| 2020 Oct 04 | 10:06 pm 2905

धनकुटा, असोज १७ः बारीमा आफै उम्रेका गाँजाको बोटलाई प्रहरीले नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय छिन्ताङबाट प्रहरी सहायक निरीक्षक निधिनाथ तिम्सिनाको कमाण्डमा खटिएका ग्रामीण गस्ती टोलीले शहिदभूमि गाउपालिका३ को डाँडा गाउँ, खैराङ, खोकु शिरान लगायतको बिभिन्न स्थानमा करिब १०/११ रोपनी जग्गामा रहेको नाबो, बेर्ना तथा बोट गाँजा फडानी गरी नष्ट गरेको छ ।

No description available.

त्यसैगरी प्रहरी चौकी जितपुर धनकुटाबाट प्रहरी नायब निरीक्षक विरेन्द्र कार्कीको कमाण्डमा प्रहरी टोली ग्रामिण गस्ति खटि गई गस्ति पट्रोलिङको क्रममा फेला परेको महालक्ष्मी नगरपालिका ९ मुर्तिढुङ्गा विभिन्न व्यक्तिहरुको पाखाबारीमा उम्रेको अवैध गाँजा नष्ट गरेको छ ।

टोलीले अन्य राजनीतिक, सामाजिक गतिविधिहरुको बारेमासमेत जानकारी लिई फिर्ता भएको प्रहरी चौकी जितपुरले जानकारी दिएको हो ।

No description available.

त्यस्तै प्रहरी चौकी त्रिबेणीबाट प्रहरी सहायक निरीक्षक अनिल कुमार राईको कमाण्डमा खटिगएको ग्रामिण गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा सहिदभुमि गाउँपालिका २ तिलुवाटार स्थित बाटोको छेउमा खुल्ला स्थानमा हरेको गाँजा नाबोबोट र कलमी बिरुवा नष्ट गरी कार्यालय फिर्ता भएको प्रहरी चौकी त्रिवेणीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.