झापा, भदौ १८: झापाको काँकडभिट्टा नाकाबाट प्रहरीले भारतीय अवैध रकम सहित एक जनालाई पक्राउ गरेको छ ।
प्राप्त समाचार अनुसार काठमाडौंका रविन्द्र बज्राचार्यले अवैध भारतीय रुपैयाँ लिएर हिडेको सुराकीको आधारमा पक्राउ गरिएको बताइएको छ ।
बज्राचार्यको साथबाट १२ लाख ८० हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।