अवैध भारतीय र नेपाली रकमसहित तीन जना पक्राउ

रिपोर्ट नेपाल | 2018 Aug 08 | 06:43 am 2293

काठमाडौं, साउन २३: महानगरीय प्रहरी परिसर काठमाडौँले अवैध भारतीय रुपैँया दुई लाख ६३ हजार २०० र नेपाली एक लाख रुपैँयासहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरका ५० वर्षीय ज्योतिरत्न बज्राचार्य, ६१ वर्षीय हरिशरण श्रेष्ठ र ५९ वर्षीय प्रेमलाल श्रेष्ठ रहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

दक्षिणकाली नगरपालिका–५ फर्पिङमा विभिन्न सवारी साधन चेकजाँचका क्रममा उनीहरुलाई सोमबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

बा६च ३७७९ नंको सिल्भर रंगको हुण्डाई टक्सन कारको डिक्कीमा लुकाएर ल्याएको अवस्थामा उक्त रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनकुमार थापाले जानकारी दिए।

पक्राउ परेकालाई आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.