‘अवैध बालुवा चोरी तस्करी गर्ने कार्यलाई पूर्ण रुपमा रोक्छौँ’- बूढानिलकण्ठ प्रभाग प्रमुख राई

रिपोर्ट नेपाल | 2018 Aug 11 | 11:24 am 2386

काठमाडौं, साउन २६ : अवैध रूपमा बालुवा ओसार-पसार गर्ने मिनी ट्रकलाई  महानगरीय प्रहरी प्रभाग बूढानिल्कण्ठले नियन्त्रणमा लिएको छ । बूढानिलकण्ठ नगरपालिका वडा-१३ गाम्चा धोबी खोलाबाट अवैध रूपमा बालुवा ओसार-पसार गरी रहेको बा ४ ख ७५९६ नम्बरको मिनी ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएको ट्रक आवश्यक कार्वाहीको लागी बूढानिलकण्ठ नगरपालिकाको कार्यालय गोल्फुटार पठाइएको महानगरीय प्रहरी प्रभाग बूढानिल्कण्ठले जनाएको छ । गत वर्ष भन्दा यो वर्ष बालुवा चोरी निकासीको कार्यमा नियन्त्रणमा आएको समेत  बूढानिलकण्ठका प्रभागका  प्रमुख राज कुमार राईले बताए । तर बालुवा चोरी निकासी कार्य  भने पूर्ण रुपमा रोक्न सकेको छैन ।

गएको २ महिनामा अवैध बालुवा ओसार पसार गर्ने १६ वटा मिनिट्रक तथा संलग्न २४ व्यक्तिहरूलाई आवश्यक कार्वाहीको लागी जिल्ला समन्वय समिति बबर महल पठाएको राई जानकारी दिए ।अवैध बालुवा चोरी निकासी शून्यमा लेराउन प्रयास भइरहेको राईले बताए ।

‘यो वर्ष प्रहरी प्रभागका बूढानिलकण्ठले अवैध बालुवा तस्कर विरुद्ध एक किसिमको अपरेसन सुचारु गरेको छौ ।’ उनले भने, ‘हाम्रो लक्ष्य भनेको राजस्व छली गरी अवैध बालुवा चोरी तस्करी गर्ने कार्यलाई शून्यमा ल्याउनु  हो । यसमा चुनौतीहरू धेरै छन् तर असम्भव भने छैन यदि स्थानीयको साथ भएमा यो कार्य गर्न सकिन्छ ।’

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.