अवैध नेपाली बीस लाख सहित दुई भारतीय प्रहरीकाे फन्दामा

रिपोर्ट नेपाल | 2019 Jun 15 | 08:41 pm 2076

बाँके, जेठ ३२:  रुपैडियाहा नेपाल भारत सीमा क्षेत्रमा बीस लाख नेपाली रुपैयाँ सहित दुई भारतीयलाई प्रहरीले पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा भारतीय नागरिक कोमल गुप्ता र सोनु गुप्ता रहेकाे जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । इलाका प्रहरी कार्यालय जमुनाहले खानतलासी गर्ने क्रममा  उक्त रकम फेला पारेका हो । पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएकाे  डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

उनीहरुका साथबाट बरामद भएको अवैत्ध रकम कहाँ र के परियोजनकालागि ल्याइएको भन्ने कुनै प्रमाण नभएको हुँदा प्रहरीले उनीहरुलाइ पक्राउ गरेको जनकारी दिए । पक्राउ रकम मध्ये १६ लाख एक हजारका नोट र ४ लाख पाँच सयका नोट रहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.