अवैध थान कपडा प्रहरीद्वारा बरामद

रिपोर्ट नेपाल | 2020 Sep 12 | 01:37 pm 2607

सर्लाही, भदौ २७ः अवैध रुपमा भन्सारछली गरी ल्याएको थान कपडा प्रहरीले बरामद गरेको छ ।

शुक्रबार सर्लाहीको गोडैता नगरपालिका ३ बगदह चिनीमिल नजिकै भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको थान कपडा १४ पिस प्रहरी हवल्दार सुजित रायभरको कमाण्डमा खटीएको गस्ती टोलीलाई देख्नासाथ सामान छाडी भागेका थिए ।

उक्त सामान नियन्त्रणमा लिई कार्यालयमा ल्याई राखिएको बताइएको छ ।

चट्याङ लागी घाईते

शुक्रबार सर्लाहीको ईश्वरपुर नगरपालिका ९ रामनगरका ४६ वर्षीया रामकुमारी देवी यादव चट्याङ लागेर घाइते भएकी छन् ।

खेतमा घाँस काटिरहेको अवस्थामा बर्षासँगै आएको चट्याङको झट्का शरीरको बायाँ भागमा लागि घाइते भएकी हुन् ।

उनको  अमृत हेल्थ केयर बयलबासमा उपचार भइ रहेको र स्वास्थ्य अवस्था समान्य रहेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.