काठमाडौं, असोज ९ : अवैध सुनसहित २ जना पक्राउ परेका छन् । काठमाडौंको टोखाबाट सोमबार साँझ शंका लागेकै भरमा चेकजाँच गर्ने क्रममा तीन किलो सुनसहित रसुवाका पेम्बा लामा र नरबहादुर घलेलाई प्रहरी पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर, टेकुका अनुसार पक्राउ परेका पेम्बा लामा र नरबहादुर घलेलाई आजै सार्वजनिक गरिने छ । अहिले उनीहरूको बारेमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।