काठमाडौँ, असोज ५ : केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अवैध छालासहित तीन जनालाई पक्राउ गरेको छ ।
रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार सिन्धुपाल्चोकको चौतारा नगरपालिका १ बस्ने. ५५ वर्षीय शेलवहादुर तामाङ, धादिङ बेनीद्याट १ बस्ने ३४ वार्षिय बुद्धिमान तामाङ र कास्की लेखनाथ महानगरपालिका २४ बस्ने ४५ वर्षीय शालिकराम सुवेदी पक्राउ परेका हुन ।
उनीहरूलाई संरक्षित वन्यजन्तु ध्वासे चितुवाको छाला विक्री गर्न हिँडाएको समयमा पक्राउ गरिएको हो । विशेष सुराकीको आधारमा ब्यूरोबाट खटिएको टोलीले अभियुक्तहरूलाई कामनपा ६ स्थित बौद्ध सिद्धार्थमार्ग बाट पक्राउ गरेको हो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण एन २०२९ तथा साइटिस महासन्धि १९७५ को अपराध गरेको भन्दै सिआइबीले आवश्यक कारबाहीका लागि डिभिजन वनकार्यालयलाई बुझाएको छ ।