अवैध घरेलु मदिरा बरामद

रिपोर्ट नेपाल | 2018 Dec 01 | 08:01 pm 2689

ललितपुर, मंसिर १५ :  महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले करिब १ हजार ३ सय लिटर अवैध घरेलु मदिरा बरामद गरेको छ ।

ललितपुर महानगरपालिका १४ कान्तिपुर क्लोनिस्थित टहाराबाट १ सय लिटरको १३ वटा ड्रममा राखिएको अवस्थामा उक्त अवैध घरेलु मदिरा प्रहरीले बरामद गरेको हो । आवश्यक कारबाहीका लागि प्रहरीले थप अनुसन्धान गरिरहेको बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.