अवैध घरेलु मदिरा बरामद

रिपोर्ट नेपाल | 2020 Nov 12 | 12:51 pm 2836

सर्लाही, कात्तिक २७ः बुधबार अवैध रुपमा उत्पादन गरेको घरेलु मदिरा प्रहरी बरामद गरेको छ ।

हरिपुर नगरपालिका २ लखनदेही खोला स्थित साइकलमा ५ वटा ग्यालेनमा १५ लिटरका दरले ७५ लिटर र १ वटा ग्यालेनमा ५ लिटर गरी जम्मा ८० लिटर घरेलु मदिरा हरिपुर तर्फ ल्यउदै गरेको अवस्थामा बरामद गरेको हो ।

प्रहरी सहायक निरीक्षक मुनेश्वर प्रसाद यादवको कमाण्डमा खटिगएको गस्ती टोलीलाई देख्नासाथ उक्त मदिरा छोडी मानिस साईकल लिई फरार भएका थिए ।

उक्त मदिरा बरामद गरी कार्यालयमा ल्याइराखेको सूचना अधिकृत तथा (प्रवक्ता) प्रहरी नायब उपरीक्षक मदन कुँवरले जनाइको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.