बारा, पुस १० : अवैध रुपमा उत्पादन गरेको घरेलु मदिरा बारा प्रहरीले नष्ट गरेको छ । विभिन्न मिति र समयमा खटिएको प्रहरी गस्ती टोलीले चेकजाँचको क्रममा बरामद गरेको करिब १ हजार लिटर अवैध घरेलु मदिरा आज मंगलबार नष्ट गरिएको प्रहरीले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय बारा, कलैया उपमहानगरपालिका बारा, उधोग वाणिज्य संघ बारा,आन्तरिक राजश्व कार्यालय सिमराका प्रतिनिधि, स्थानिय पत्रकार,जनप्रतिनिधि, भद्रभलादमी समेतको रोहबरमा उक्त मदिरा नष्ट गरिएको बताए ।