सर्लाही, मंसिर २८ः अवैध रुपमा लगाइएको सरकारद्वारा प्रतिबन्धित लागूऔषध गाँजा प्रहरीले फडानी गरेको छ ।
सर्लाही हरिवन नगरपालिका २ अत्रौली स्थित लालभित्ती, खोरगाँउ आसपास क्षेत्रमा उक्त अप्रेसन गरेको प्रहरीले जनाएको हो ।
शनिबार तालुक २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुर, तालुक जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी नायब निरक्षक मोहनमणि कटुवालको कमाण्डमा खटि आएका प्रक र ईलाका प्रहरी कार्यालय हरिवनबाट प्रहरी निरीक्षक अवधेश कुमार यादवको कमाण्डमा खटिएको जम्मा ३१ जनाको प्रहरी टोलीले फडानी गरेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले करिब साढे तीन बिगाहा ऐलानी जग्गामा अवैध रुपले लगाईएको पाँच हजार बोटगाँजा खेती फडाँनी गरी आगो लगाई नष्ट गरिएको जनाएको छ ।