सर्लाही, जेठ १६ः अवैध लागूऔषध गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मलंगवा नगरपालिका–६ खुटौनाको नहरबाट ३० वर्षीय तौसिफ राजा मिकरानी र ३१ वर्षीय अजमल मिकरानी रहेका छन् ।
खुटौना प्रहरी चौकीबाट खटिएको प्रहरीले मुसैलीबाट भांडसरतर्फ जाँदै गरेको बिआर ३१ एक्स ९८१८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरुको साथबाट १२ किलो गाँजा समेत बरामद गरेको प्रहरीले जनाएकाे छ ।