बर्दिया, चैत १५ः बर्दिया प्रहरीले लुकाइ राेखेकाे अवैध काठ बरामद गरेको छ । बुधबार बिहान जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा गुलरिया नगरपालिका ८ आशापुरबाट उक्त काठ बरामद गरेको हो ।
अरहर बारी र आँप बगैचामा बेवारिसे अवस्थामा लुकाई छिपाई राखिएको सागुन जातको ४५.५७ क्यू. फिट गोलिया काठ १५ थान बरामद गरी आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय गुलरिया बर्दियामा बुझाइएको प्रहरी महानिरीक्षक हृदेश कुमार सापकोटाले बताए ।