अवैध अमेरिकी डलरसहित एक पक्राउ

रिपोर्ट नेपाल | 2019 Mar 09 | 02:38 pm 2237

काठमाडौँ, फागुन २५ : अवैध अमेरिकी डलरसहित एकजनालाई महानगरीय प्रहरी अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँका ४२ वर्षीय तिमोथी नकर्मी रहेका छन् ।

उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ क्षेत्रमा अमेरिकी डलर बोकेर हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जानकारी दिए ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता पूजा सिंहका अनुसार उनको साथबाट १ सय दरको १५ हजार अमेरिकी डलर बोकेर हिँडिरहेको अवस्थामा नकर्मीलाई पक्राउ गरिएको बताए । पक्राउ परेका नकर्मीलाई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.