गुलरिया, फागुन २३ : बर्दियाको गेरुवा गाउँपालिका- ४ की भावना बस्नेत १२ वर्ष नपुग्दै सुत्केरी भएकी छन्। ०६३ चैत्र १३ गते जन्मिएकी बस्नेतले ०७५ फागुन ७ गते माइतीकै छाप्रोमा छोरी पूर्णिमालाई जन्माएकी हुन्। स्वास्थ्य संस्थामा समेत नपुगी उनी ११ वर्ष १० महिना २४ दिनको उमेरमा सुत्केरी भई आमा बनेकी हुन्।
भावना १४ बर्षिय नन्द बहादुर रावतसंग प्रेममा बाधिएपछि उनले बच्चा जन्माएकी हुन् । अहिले बर्दिया जिल्लामा यो बिषयले चर्चा पाउन थालेको छ । निकै गरिव परिवारमा जन्मिएकी भावना अहिले बच्चा सहित आफ्नो दिदी गौरी बस्नेतको घरमा बस्दै आएकी छिन ।
नन्द बहादुर रावत र भावना बीच बिवाह नभई बच्चा जन्मिएको हो ।अविवाहित त्यसमाथी कलिलो उमेरमै बच्चा जन्माएपछि बिपन्न परिवारकी भावनाकाे भविश्यलाई लिएर चिन्ता थपिएको हो । नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्र प्रसाद धितालले बच्चालाई पालन पोषणमा निकै समस्या देखिएको बताए।
बच्चा सहित भावना अहिले आफनो दिदिको घरमा बस्दै आएकी छिन् भने नन्द बहादुर आफ्नै बाबू आमा संग बस्दै आएका छन् । भावना यतिबेला सहयोगी हातकाे खोजीमा छिन् ।