धनुषा, असार २७: बुधबार रातिदेखि परेको अविरल वर्षाले जनकपुर उपनगरपालिकाको अधिकांश क्षेत्र जलमग्न भएको छ ।

दुई दिनदेखि निरन्तर शुक्रबार बिहानसम्म वर्षा हुँदा जनकपुरको २५ वडा पूरै जलमग्न भएको छ भने धनुषाको दक्षिणी क्षेत्र बढी प्रभावित भएको छ ।

एसियाली विकास बैंकको एकीकृत सहरी विकास परियोजनाद्वारा नगरमा भइरहेको सडक स्तरोन्नति कार्यक्रममा ढल व्यवस्थापन नगरेका कारण पानीको निकास हुन नसकी नगरका अधिकांश क्षेत्रमा पस्दा जलमग्न भएकाे हाे ।

वर्षाले जिल्ला प्रहरी कार्यालय र संघीय प्रहरी कार्यालय, जनकपुर अञ्चल अस्पताल, जनकपुरको प्रमुख चौक रामानन्द द्वार (चौक), मुख्यमन्त्री कार्यालय, धनुषाको जिल्ला प्रशासन कार्यालय जलाशयमा परिणत भएको छ भने नगरका मुख्य सडक जलमग्न भएपछि आवागमनमा समेत समस्या भएको छ ।


