कास्की, असार ११ः जिल्लाको पोखरा उपमहानगरपालिका २५ स्थित सुईखेतमा अविरल वर्षाको
कारण नहरमा आएको पानी बहाव बढ्न गई म्याग्दे बस्तीमा पस्दा डुवानमा परेका करीव ७० घरपरिवारका ३ सय जना व्यक्तिहरुलाई सशस्त्र प्रहरीले असार सुरक्षित स्थानमा सारेको छ । सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण कालिकाबाट सशस्त्र प्रहरी उपरीक्षक बिजय के.सी.को कमाण्डमा खटिएको सशस्त्र प्रहरीले उक्त घरपरिवारका सामान तथा पशुचौपाया सुरक्षित स्थानमा सारेको हो । उक्त स्थानमा पहिरो गई करीव १४ वटा बाख्रा समेत पुरिएको बताईएको छ ।
चोरीपैठारीको सामान सहित एक जना पक्राउ
महोत्तरी जिल्लाको गौशला नगरपालिका ५ स्थित निगौल चोकबाट असार ११ गते सशस्त्र प्रहरीले करीव ३ लाख ७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा सहित सोही जिल्लाको सम्सी गाउँपालिका २ बस्ने २१ वर्षिय शेख नजामलाई पक्राउ गरेको छ । भारतबाट अवैध रुपले ट्याम्पुमा राखेर ल्याउँदै गरेको उक्त लत्ताकपडा सहित उनलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएको सशस्त्र प्रहरीले पक्राउ गरेको हो । त्यसवेला उक्त ट्याम्पु समेत बरामद गरिएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल बिओपी गड्डाचौकीबाट खटिएको सशस्त्र प्रहरीले करीव ३ लाख रुपैयाँ बराबरको हार्डवयरका सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरीले कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका ११ स्थित भाईरल रोडबाट बरामद गरेको हो ।
त्यसैगरी महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ५ स्थित पोखरभिण्डाबाट असार ११ गते सशस्त्र प्रहरीले ३ लाख ६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले मोटरसाईकलमा राखेर ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसवेला उक्त मोटरसाईकल समेत बरामद गरिएको हो ।