अविरल बर्षाले गाईघाट कदमाहा सडक अबरुद्ध

रिपोर्ट नेपाल | 2019 Jul 25 | 10:24 am 2543

  • महेश सिंह महतो

सप्तरी, साउन ९: सप्तरीको सुरुगा नगरपालिका लक्ष्मीपुरस्थित पर्ने मुनि खोलामा आएको बाढिले यात्रुहरु अलपत्र परेका छन् ।

गाईघाट र नेपालटार जाने मुख्य सडकको रूपमा रहेको उक्त सडकमा पानी जमेर गाडीहरू संचालन अबरुद्ध भएको छ। लगातार तीन दिनदेखी परेको अविरल बर्षाले मुनिखोलामा आएको बाढिले सप्तरीको बासिन्दाहरु आतंकित भएका छन् ।

सानो खोलाको रूपमा देखीने मुनिखोलाले बर्षा याममा स्थानीयहरुलाई धेरै अप्ठ्यारो गर्ने गरेको छ। सुख्खा समयमा खोला जस्तो न देखीने र बर्षा याममा याममा पानीको बहाब बडदै जाने गरेको छ। उक्त खोलामा आएको बाढिले प्रत्येक बर्ष बाढीपहिरोबाट आसपासको गाउँहरु लक्ष्मीपुर, कर्हर्वा, चहका, भेडिया, लगायतका गाउँहरु डुबानमा पर्ने गरेका छन् ।

खोलामा पुल नहुदा काठमाडौं र बिराटनगरबाट आउने गाडीहरू गन्तव्यमा पुग्न नसकेको सयौं गाडीहरू सडकमै अलपत्र परेका छन् । खोला नजिक बजार नरहेकोले यात्रुलाई सास्ती भएको छ। खोलामा पुलको बारेमा सुरुगा नगरपालिका कुनै चासो नदेखाएको स्थानीयहरुको गुनासो छ ।

।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.