अवरुद्ध पोखरा–बागलुङ सडक सञ्चालन

रिपोर्ट नेपाल | 2018 Jul 05 | 06:41 pm 4036

फलेवास, पर्वत, २१ असार : गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकमाथिबाट आएको पहिराले अवरुद्ध पोखरा–बागलुङ सडक सञ्चालन भएको छ ।

सडकखण्डअन्तर्गत मोदी गाउँपालिका वडा नं ५ भ्याप्लेखोलामा सडकमाथिबाट आएको पहिराले पुरिँदा गए राति १ बजेदेखि नै अवरुद्ध सडक अपराह्नदेखि मात्रै सञ्चालन भएको हो । जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरीको टोली र डोजर र स्काभेटर लगाएर सडक सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

सडक सञ्चालन भएसँगै अन्यत्रबाट पर्वत, बागलुङ म्याग्दी र मुस्ताङका लागि आएका सवारी र सो क्षेत्रबाट अन्यत्र जान हिँडेका लामो तथा छोटो दूरीका सवारी साधन गन्तव्यतर्फ लागेका छन् । वर्षा नरोकिएकाले र माथिबाट लेदो बग्ने क्रम नरोकिएकाले सडक खुलाउन ढिलाइ भएको ट्राफिक प्रहरी निमित्त प्रमुख काशीनाथ चौधरीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.