अवको तीन वर्षमा यही सरकारले मुलुकमा उन्नती गरेर देखाउँछौंः मन्त्री ज्ञवाली

रिपोर्ट नेपाल | 2018 Oct 21 | 11:22 pm 4381

-कौरव खत्री
गुल्मी, कात्तिक ४ :  गुल्मीको मुसिकोट नगरपालिकामा आयोजित बौद्धिक सम्मेलनको आज आइतबार उद्घाटन गरिएको छ ।
सम्मेलनको उद्घाटन गदै कार्यक्रमका प्रमुख अतिथि परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपाललाई अवको तीन वर्षमा नेपाललाई अतिअल्पविकसित अवस्थाबाट विकसित देशको रुपमा स्तर उन्नती गर्छौ भन्दै सन् २०३० सम्म अवको बाह्र वर्षभित्र नेपाललाई मध्यम आय भएको मुलुकमा पुर्याउँछौ अरु कुनै सरकारले होइन यहि सरकारले पुर्याउँछ भन्दै त्यहि हिसावले सरकार दीर्घकालिन योजनाहरु बनाइ रहेको बताए । साथै मन्त्री ज्ञवालीले सबै तिर भष्ट्राचार भएको हुँदा अव सरकारले भष्ट्राचारीहरुलाई नछोड्ने बताए ।

गुल्मी क्षेत्र नं. १ का सांसद् समेत रहेका परराष्ट्र मन्त्री ज्ञवालीले मुसिकोट नगरपालिकाले व्यवसायिक कृषिमा जोड दिन आग्रह गर्दै नगरभित्रका जलस्रोत, उर्जा र पर्यटन क्षेत्रको प्रचुर सम्भावना रहेको हुँदा यसको विकासमा ध्यान दिनु पर्ने बताए ।

साथै मन्त्री ज्ञवालीले सामुदायिक शिक्षा अति नै कमजोर भएको हुँदा अझ पनि धेरै बालवालिकाहरु विद्यालय बाहिर रहेको सबै बालवालिकाहरुलाई विद्यालयभित्र ल्याएर विद्यालयमा शैक्षिक गुणस्तर कायम गर्नु पर्नेमा जोड दिए ।

मुसिकोट नगरपालिकाले गरेको सम्मेलनले समृद्धिको लागि नागरिकको दायित्व, स्मार्ट सिटिको अवधारण र अभ्यास, समृद्धिको संम्भावना र चुनौती, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासको विषयमा प्राविधिक दृष्टिकोण लगायतका विषयमा अवधारण पत्र प्रस्तुत गरिएको थियो ।

संभवत स्थानिय तहले नेपालमै पहिलो पटक गरेको सम्मेलनमा मुसिकोट नगरभित्रका प्राध्यापक, डाक्टर, इन्जिनियर, वरिष्ठ अधिवक्ता, समाजशास्त्री, पत्रकार, वरिष्ठ समाजसेवीहरुको सहभागिता रहेका थिए ।

कार्यक्रममा परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली सहित गुल्मीका संघीय संसद तथा प्रदेश सासदका सांसदहरु, छिमेकी स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुको सहभागिता थिए ।

कार्यक्रममा गुल्मी क्षेत्र नं. १ का सांसद समेत रहेका परराष्ट्र मन्त्री ज्ञवालीलाई नागरिक तथा नगरपालिकाको तर्फवाट अभिनन्दन गरिएको थियो । सम्मेलन सोमबारसम्म चल्ने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.