अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीहरुलाई आवश्यक परेमा सेवामा फिर्ता हुन तयारी रहने (Recall to Duty) सम्बन्धि निर्देशन जारी

| 2021 May 05 | 02:46 pm 2297

काठमाडाैं, बैशाख २२ः हाल नेपालमा बढीरहेको COVID-19 को संक्रमणलाई मध्यनजर राख्दै यसको नियन्त्रण तथा
रोकथामको लागि नेपाली सेनाले निर्वाह गर्नुपर्ने थप भूमिकाहरुको पूर्वानुमान एवं कार्यान्वयनको लागि नेपाली सेनाले विभिन्न योजना तर्जुमा एवं आवश्यक तयारीहरु गरिरहेको छ ।

यसै क्रममा जङ्गी अड्डामा प्रधान सेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बसेको विशेष बैठकले मिति २०७२ साल भन्दा पछाडि नेपाली सेनाको स्वास्थ्य सेवाबाट अवकाश प्राप्त गरेका स्वास्थ्यकर्मीहरुलाई राष्ट्रलाई आवश्यक परेको बखत बोलाउन सक्ने गरी तयारी हालतमा रहन (Recall to Duty) निर्देशन जारी गरेको जानकारी गराइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.