काठमाडौं, भदौ २३: गोरखाबाट काठमाडौंका लागि उडको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर नुवाकोटमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डम्बर बहादुर विकले जनाएका छन् ।
उद्धारका लागि त्यस तर्फ प्रहरीको टोली प्रस्थान गरिसकेको र घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
हेलिकप्टरमा क्याप्टेन र १ जना जापनीज नागरिक सहित ७ जना यात्रु रहेकाे बुझिएकाे छ । हेलिकप्टर सहित सातै जनाकाे अवस्था अज्ञात रहेकाे प्रहरीले जनाएकाे छ । बिहान ८ बजेर १८ मिनेटमा ल्याण्ड हुनुपर्ने हेलिकाेप्टर ल्याण्ड नभएपछि खाेजिनीति सुरू भएकाे हाे ।