अर्लाङकोट सेवासमाज जापानद्वारा मृगौला पिडितका लागि आर्थिक सहयोग प्रदान

रिपोर्ट नेपाल | 2020 Aug 03 | 01:26 pm 3850

गुल्मी साउन १९ : गुल्मी जिल्ला साबिकको अर्लाङकोट ७ ददल्का जन्मभई हाल सैनामैना नगरपालिका वडा न ३ रुपन्देहीमा बस्ने मृगौला पिडित नारायण प्रसाद उपाध्यायलाई अर्लाङकोट सेवासमाज जापानद्वारा  उपचारका लागि रु ५६,४२५ (अक्षेररुपी छेपन्न हजार चार सय पच्चीस ) आर्थिक सहयोग प्रदान गरिएको हो।

पिडित उपाध्याय बुबा तिलकदत्त र आमा नन्दकला उपाध्यायको कान्छा छोरा हुन्। पिडित उपाध्याय ५५ वर्षाको उमेरमै मृगौला रोग बाट गर्सित भई बिगत ४ बर्ष अगाडी देखि डायलासिस गरिरहेका छन्।

पिडित उपाध्यायको परिवारले आर्थिक अवस्था कमजोर भई उपचार गर्नको लागि आर्थिक सहयोग अपिल गरे सगै अर्लाङकोट सेवा समाज जापानले सहयोग हस्तान्तरण गरेको हो। कार्यक्रममा सेवासमाज जापानका उपाध्यक्ष ऋषिराम घिमिरेको प्रमुख अतिथ्यता र सदस्य कृष्ण प्रसाद खरेल समेत बिशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा स्थानिय हरुको समेत उपस्थिति रहेको थियो। जुन कर्यक्रमको संचालन ददल्का टोलबिकाश संस्थाका अध्यक्ष लक्ष्मण शर्माले गर्नु भएको थियो। सहयोगका लागि अर्लाङकोट सेवासमाज जापानलाई विशेष धन्यबाद ज्ञापन गरिएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.