अर्थमन्त्री खतिवडाद्वारा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पदभार ग्रहण

| 2020 Feb 23 | 02:46 pm 2089

काठमाडौं, फागुन ११: अर्थमन्त्री डा युवराज खतिवडाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पदभार ग्रहण गरेका छन् ।

निवर्तमान सञ्चार मन्त्री गोकुल बास्कोटाले राजीनामा दिएपछि रिक्त रहेको उक्त मन्त्रालयको जिम्मेवारी डा खतिवडालाई दिइएको थियो ।

आइतबार सञ्चारमन्त्रालयमा आयोजित विशेष कार्यक्रममा अर्थमन्त्री डा खतिवडाले मन्त्रालयको पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहणका क्रममा कर्मचारीहरुलाई निर्देशन दिदैँ उनले राष्ट्रपति र प्रधानमन्त्रीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिएकोमा धन्यवाद व्यक्त गरेका थिए ।

अर्थ तथा सञ्चारमन्त्री डा खतिवडाले सरकार संविधानलेनै प्रेस स्वतन्त्रताको हक दिएकाले त्यसको परिपालन गराउन क्रियाशिल जनाउँदै संचार माध्यम निर्भिक, स्वतन्त्र र तटस्थ रहनु पर्ने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.