अर्थद्वारा स्थानीय तहलाई ४५ करोड निकासा

रिपोर्ट नेपाल | 2021 Jul 08 | 07:56 am 1741

काठमाडाैं, असार २४ः आर्थिक वर्ष सकिनै लाग्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई झण्डै ४५ करोड रुपैयाँ निकासा गरेको छ । चालु आर्थिक वर्ष २०७७-७८ भित्रै सक्नुपर्ने गरी प्रशासनिक भवन निर्माण गर्न ४५ पालिकालाई मन्त्रालयले थप ४४ करोड ६३ लाख रुपैयाँ निकासा गरेको हो ।

तर, सो निकासा गरिएको रकम पहिलेदेखि गरिँदै आएको कामको भुक्तानी भएको मन्त्रालयका सहसचिव विष्णु गौतमले जनाए । यस वर्ष मन्त्रालयले २ सय २१ वटा स्थानीय तहमा प्रशासनिक भवन बनाउन रकम विनियोजन गरेको थियो । तर ४५ वटा भवनहरुमा काम भए पनि रकम अपुग भएकाले भुक्तानीका लागि बजेट दिएको उनले बताए । ‘अब काम सुरु गरेर रकम खर्च गर्न निकासा दिइएको होइन,’ उनले भने, ‘काम भएर पनि जहाँ रकम अपुग भएको हो, त्यहाँ निकासा गरिएको हो ।’

आर्थिक वर्ष सकिनै लाग्दा विभिन्न मन्त्रालयहरुबाट धमाधम बजेट निकासा भइरहेको छ । अन्य समयमा निकै कम खर्च हुने बजेट असार लागेपछि भने ठूलो मात्रामा खर्च हुने गरेको छ । त्यसै अनुरुप मन्त्रालयले पनि असार महिनामै यति ठूलो रकम निकासा गरेको हो । काराेबार दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.