अर्घाखाँचीमा सोमबार साँझ बस दुर्घटना हुँदा चौध घाइते

| 2019 Oct 28 | 09:04 pm 1810

अर्घाखाँची, कात्तिक ११: जिल्लाको शितगंगा नगरपालिकाको जुकेनामा सोमबार साँझ यात्रुवाहक बस दुर्घटना भएको छ । उक्त बस दुर्घटनामा १४ जना घाइते भएका छन् ।

शितगंगाको ठाडाबाट जलुकेका लागि छुटेको लु २ ख ६६१ नम्बरको बस जुकेनाको रातामाटामा ब्रेक फेल भएर दुर्घटना भएको हो ।

घाइते सबैको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.