अर्घाखाँचीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, पाँच घाइते

रिपोर्ट नेपाल | 2019 Oct 07 | 05:19 pm 682

अर्घाखाँची, असोज, २० : अर्घाखाँचीको नरपानीमा आज दिउँसो जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । कृष्णनगरबाट ठाडा हुँदै सन्धिखर्कतर्फ आउँदै गरेको लु१ज ४३२९ नंको जीप दुर्घटनामा परेको हो ।

घटनास्थलबाट तीन जनाको शव भेटिएको र उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टले बताए ।

घटनास्थलबाट पाँच जना घाइतेलाई उपचारका लागि सन्धिखर्क ल्याउँदै गरिएको र घटनास्थलतर्फ आफूहरु जाँदै गरेको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.