अर्घाखाँचीको पहिरोले एकै घरका तीन जना बालबालिकाको ज्यान लियो

| 2023 Jul 04 | 11:40 am 2453

अर्घाखाँची, असार १९ – गए राती परेकाे अविरल वर्षाका कारण पाणिनी गाउँपालिका वडा न‌ं‍. १ पणेना तुल्सी रास्काेटीकाे घर  पहिरोले पुरिँदा एक जना घाइते  भएका छन् भने तीन जनाले ज्यान गुमाउनु परेकाे छ ।

जिल्ला  प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार मंगलबार  बिहान ५ बजेतिर खसेको पहिरोले घर पुरिँएको खवर पाउना साथ प्रहरी सहायक निरीक्षककाे कमाण्डमा उद्दार टाेली पठाइएकाे र घटना स्थलमा रास्कोटीका १४ वर्षीय छाेरा सचिन रास्कोटी  मुख र आँखामा चाेट लागेकाे र अन्य तीन जना अचेत अवस्थामा फेला पारी नजिकको स्वास्थ्य चाैकीमा उपचारका लागि लगिएकाे जनाइएकाे छ  ।

उपचारका लागि लगिएका  १० वर्षका धनबहादुर रास्कोटी, १२ वर्षका खुमबहादुर रास्कोटी र ११ वर्षकी मञ्जु रास्कोटीको उपचारका क्रममा मृत्यु  भएको हो । पहिराेले घर पुरिएकाे खवर प्राप्त हुनासाथ प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल गुल्मपती सेनानी बासुदेव प‌ंगेनी प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजाल सशस्त्र प्रहरी नायव उपरीक्षक संगम श्रेष्ठ राष्ट्रिय अनुसन्धानका प्रमुख सहितकाे टाेली घट्नास्थलमा पुगेकाे थियो ।

तस्विर सामाजिक संजाल

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.