अर्घाखाँची, बैशाख ९ः सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले अर्घाखाँचीका छ स्थानीय तहलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन् । २५ पिस थर्मल गन र पीपीइ ७ सेट सहयोग स्वरुप प्रदान गरेका हुन् । ७ सेट पीपीइ र ९ पिस थर्मल गन छत्रदेव गाउँपालिका र अरु थर्मल गर्न ५ पालिकालाई अवश्यक्ता अनुसार उपलब्ध गराउन भन्दै सन्धिखर्कका समाजसेवी पीताम्बर रायमाझीले प्रमुख जिल्ला अधिकारी विजय पौडेललाई हस्तान्तरण गरेका हुन् ।
रायमाझीले छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोखरेललाई ७ सेट पीपीई र ९ पिस थर्मल गन हस्तान्तरण गरे । १६ पिस थर्मल गर्न प्रमुख जिल्ला अधिकारी पौडेललाई रायमाझीले हस्तान्तरण गरे ।
हस्तान्तरणका क्रममा सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रबन्ध निर्देशक टण्डनले तत्कालको लागि थोरै भएपनि कोरोना जाँच्नको सहयोग पुगोस भनेर उपलब्ध गराएको र अरु थप आवश्यक स्वास्थ्य सामाग्री पनि छिटै उपलब्ध गराइने बताए । छत्रदेव गाउपालिका–१ चिदिमा जन्मिएका टण्डन काठमाडौमा बसेर व्यावसायी गर्दै समाजसेवामा अग्रसर छन् ।

उक्त पीपीई र थर्मल गन पाएपछि छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेलले चन्द्र टण्डनले दिएको सामाग्रीले कोरोना विरुद्धको अभियानको लागि ठुलो सहयोग भएको भन्दै धन्यावाद दिए ।
प्रमुख जिल्ला अधिकारी विजय पौडेलले केही समय अघि सन्धिखर्क अस्पताल र डोहोटे हेल्थ डेस्कमा थर्मल गर्न बिग्रदा १२ दिनसम्म तापक्रम तान्ने काम ठप्प भएको र चन्द्र टण्डनले उपलब्ध गराइएका स्वास्थ्य समाग्रीले ठुलो सहयोग भएको बताए । यस्तो विपदको बेला टण्डन जस्ता सहयोगीको अझै आवश्यक्ता रहेको उनले बताए । प्रजिअ पौडेलले एक थान थर्मल गन प्रहरी नायव उपरीक्षक प्रकाश विष्टलाई प्रदान गरे ।
हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति विष्णुप्रसाद खनाल (मुस्कान) ले सफल व्यावसायी चन्द्र टण्डनले उपलब्ध गराएको स्वास्थ्य सामाग्रीले कोरोना विरुद्धको अभियानमा थप बल पुर्याएको भन्दै उचित ढंगले उपयोग गर्न जनप्रतिनिधिलाई अनुरोध गरे ।
छत्रदेव गाउँपालिका–२ का अध्यक्ष राजेशकुमार पन्थी, कांग्रेसका जिल्ला कोषाध्यक्ष कृष्ण ज्ञवाली, समाजसेवी नारायण बञ्जाडे, चुरामणि भट्टराई लगायतको उपस्थिति सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्वासेले जानकारी दिए ।