अर्कै व्यक्तिका नाममा लाेकसेवाकाे परीक्षा दिने नायब सुब्बा पक्राउ

रिपोर्ट नेपाल | 2023 Jun 14 | 12:52 pm 2045

बुटवल, जेठ ३१ । अन्य व्यक्तिका नाममा लोकसेवाको परीक्षा दिएको आरोपमा रुपन्देहीबाट सप्तरीको राजबिराज ११ घर भई जिल्ला हुलाक कार्यालय सप्तरीमा नायब सुब्बा पदमा कार्यरत नारायण यादव पक्राउ परेका छन् ।

पक्राउ परेका यादवले लोकसेवा आयोगले बुटवल केन्द्रमा २०७७ साल फागुन २९ गते र २०७८ साउन ४ गते लिएको परीक्षामा राजबिराज ११ घर भएका ३३ वर्षीय मनोजकुमार शर्मा सुतिहारको नाममा परीक्षा दिएका थिए । हाल सुतियार कोष तथा लेखा नियन्त्रण कार्यालय कपिलवस्तुको सहलेखापाल पदमा कार्यरत छन् । प्रहरीले सुतियारलाई पनि नियन्त्रणमा लिएको छ ।

सुतिहारको नाममा नारायण यादवले परीक्षा दिएको पाइएपछि लिखितसम्बन्धी कसुर मुद्दामा दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए । दुवै जनालाई अदालतबाट ७ दिनको म्याद थपकाे अनुमति लिएर थप अनुसन्धान भइरहहेको डीएसपी अर्यालले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.