अरू मतदाताजस्तै लाइनमा बसेर विद्या भट्टराईले गरिन् आफैँलाई मतदान

रिपोर्ट नेपाल | 2019 Nov 30 | 12:06 pm 1067

पाेखरा, मंसिर १४ : कास्की -२ मा भइराखेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकी उम्मेदवार विद्या भट्टराईले मतदान गरेकी छन् । उनले पोखरा ३३ को शान्ति उदय मावि मतदान केन्द्र पुगेर विहान नौ बजे आफ्नै लागि मत खसालेकी हुन् ।

उनले अन्य मतदाताजस्तै लाइनमा बसेर भोट खसालेकी हुन्। नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले भने मतदान गर्न पाएनन् । उनी निर्वाचन हुने क्षेत्र कास्की २ का मतदाता होइनन् ।

साझा पार्टीकी रजनी केसीले विहान सवा सात बजे पोखरा ४ गैरापाटनमा रहेको नविन मावि मतदान केन्द्र पुगेर मतदान गरिन् । समाजवादीका धर्मराज गुरुङले पोखरा १६ को शान्ति माविमा मतदान गरेका छन् ।

कास्की २ मा २०७४ सालमा भएको निर्वाचनबाट निर्वाचित नेकपा सांसदसमेत रहेका पूर्वसंस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि रिक्त पदका लागि निर्वाचन भइरहेको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.