अरुणखोला पुल ट्रकको ठक्करका कारण भासियाे

| 2019 Aug 14 | 09:08 am 3817

नवलपरासी, साउन २९: पूर्वी नवलपरासीको अरुणखोलामा रहेको अरुणखोला पुल ट्रकको ठक्करका कारण भासिएको छ । पुल भासिएका कारण ठूला सवारी साधनलाई रोकेका छ भने साना सवारी साधनमा मात्र आवतजावत गर्न दिइएकाे छ ।

बुधबार बिहान साढे ४ बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ४७१ नम्बरको ट्रकले पुलको बायाँ साइडमा ठक्कर दिदा पुलको पूर्वदक्षिणको १० मिटर भाग डेढ मिटर गहिरो भासिएको इलाका प्रहरी कार्यालय अरुणखोलाका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए ।

अधिकारीले दिएकाे जानकारी अनु्सार ट्रक हटाउन पहल भईरहेको छ भने सडक डिभिजन कार्यालय, स्थानीय निकायसँग समन्वय गरी वैकल्पिक बाटो खुलाउने प्रयास भईरहेको बताए ।

अहिले बाटो अवरुद्ध भएपछि गन्तव्यमा पुग्न नसकी सयौं सवारी साधन तथा यात्रुहरु बाटोमा नै अपलपत्र परेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.