गुल्मी, भदाै ३०: अरिङ्गालको टोकाइबाट धुर्कोट गाउँपालिका-४ जैसीथोक गुल्मीमा एक किशोरीको ज्यान गएको छ । ज्यान जानेमा स्थानीय १८ वर्षीय विनिता कुँवर रहेका छन् । उनको शनिबार उपचारकाे क्रममा मृत्यु भएको हो । कुँवरलाई दुईहप्ता पहिले जैसीथोक खेलकुद मैदान नजिकै अरिङ्गालले टोकेको थियो ।
स्थानीय बासी राजन केसीका अनुसार उनी फुपूलाई तीजको निम्ता गरेर घर फर्किने क्रममा उनलाई अरिङ्गालले टोकेको बताए । उनको उपचारकै क्रममा गौतमबुद्ध मुटु अस्पताल बुटवलमा मृत्यु भएको परिवारले जानकारी दिए ।
अरिङ्गालले टोकेरपछि बेहोस भएकी किशाेरीलाई उपचारका लागि जिल्ला अस्पताल तमघास लगिएको थियो । त्यहाँ उनको उपचार हुन नसकेपछि लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पामा पुर्याइएको थियो ।