अरिङ्गालले टोकी कुमालकाे मृत्यु

| 2022 Aug 13 | 04:47 pm 1473

तनहुँ, साउन २८ः मिति २०७९ साउन २६ गते बेलुकी जिल्लाकाे म्याग्दे गाउँपालिका वडा नं. ५ छाङपाटन स्थित सेति नदीको किनारमा सिसौको रुखमा रहेको अरिङगालको गोला पोल्ने क्रममा ३१ बर्षीय टोप बहादुर कुमाललाई सोही अरिङगालले टोकी घाइते बनाएको थियाे ।

उनलाई तत्काल उपचारको लागि शुभलक्ष्मी पोलिक्लिनिक भिमाद हुदै थप उपचारको लागि
गण्डकी अस्पताल पोखरा पठाएकोमा उनको उपचारको क्रममा शनिबार बिहान ९ बजेको समयमा सोही अस्पतालमा मृत्यु भएको बताइएकाे छ । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.