गुल्मी, साउन ३० । अरिङ्गालले टोक्दा घाइते भएका एक युवकको मृत्यु भएको छ ।
यसरी मृत्यु हुनेमा गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ४ कालढुङ्गाका २१ वर्षका शैलेस सिंह ठकुरी भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले मुसिकोट नगरपालिका वडा नम्बर ३ मा रहेको देविस्थान सामुदायिक जङ्गलमा अरिङ्गाल पोल्न गएका ठकुरीलाई गए राती अरिङ्गालले टोक्दा घाइते भएका थिए।
उनलाई आज उपचारको लागि सदरमुकामस्थित तम्घास अस्पतालमा ल्याइएको थियो । उनलाई अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।