प्युठान, भदौ ५ः अरिङ्गालको टोकाइबाट प्यूठानमा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झिमरुक गाउँपालिका–६ दहखोलाका १० वर्षीय अरविन गिरी रहेका छन् ।
उनको बिहीबार बिहान घर नजिकैको सिसौको रुखमा बसेको अरिङ्गालले टोकेर घाइते भएका थिए ।
अरिङ्गालले टोकेर गम्भीर घाइते गिरीको प्युठान अस्पताल विजुवारमा उपचारको क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए ।