अरिङ्गालको टोकाइबाट डाेटीमा एक बृद्धाको मृत्यु

रिपोर्ट नेपाल | 2020 Nov 02 | 09:38 am 2118

डोटी, कात्तिक १७ः जिल्लाको आदर्श गाउँपालिका वडा नम्वर १ बाँझककानीको बाहुनटाकमा अरिङ्गालको टोकाइबाट एक बृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय अन्दाजी ७५ वर्षीया कटी लुहार रहेका छन् ।

लुहारलाई आइतबार वनमा गोठाला गएको बेलामा अरिङ्गालले टोकेको स्थानीय गोबिन्द पार्कीले जानकारी दिए ।  

अरिङ्गालको टोकाईबाट गम्भीर घाईते भएकी बृद्धा लुहारको स्थानीय मौवानगरदह स्वास्थ्यचौकीमा उपचारपछि आईतबार राती नै घरमा लगिएको थियो ।

सोमबार बिहान २ बजेतिर उनको मृत्यु भएको बताइएको छ । केही दिन पहिला मात्र जिल्लाको सायल गाँउपालिकामा दुई बालिकाको अरिङ्गालको टोकाईबाट ज्यान गएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.