जाँजरकोट, भदाै ८: अरिङ्गालको टोकाइबाट जाँजरकाेटमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा नलगाड नगरपालिका– १ पालि ठूलाबगरका ५५ वर्षीया बेलमति पुन रहेका छन् ।
घाँस काट्न गएकाबेला गत शुक्रबार बिहान अरिङ्गालले टोकेपछि उपचारका लागि रुकुम पश्चिमको मिसन हस्पिटल चौरजहारी लगिएको थियो । चौरजहारी अस्पतालले नेपालगञ्ज उपचारका लागि लान सिफारिश गरे पनि परिवारका सदस्यले बेलमतिलाई केही सञ्चो भएको भन्दै शुक्रबार राति घर लगेका थिए ।
आइतबार बिहान फेरि दुखाइ बढेपछि रुकुम पश्चिमको आठबिसकोट नगर अस्पाल पुर्याएको भए पनि उपचार गर्दा, उपचारकाे क्रममा मृत्यु भएको अस्पतालले जानकारीदिए ।